भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेल्ने « Khabarhub

भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी नखेल्ने


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

दिल्ली – भारतीय क्रिकेट टोली च्याम्पियन्स लिग खेल्न पाकिस्तान नजाने भएको छ। आठ टोली सहभागी हुने प्रतियोगिता १९ फेब्रुअरी देखि ९ मार्चसम्म पाकिस्तानका विभिन्न ३ स्थानमा हुने तय भएको छ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले यो निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले हाइब्रिड मोडल अपनाउन आवश्यक देखिएको छ।

पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)का प्रमुख मोसिन नक्बीले हाइब्रिड मोडल अस्वीकार्य हुने जनाइ सकेका छन्।

एक महिना अघिदेखि नै हाइब्रिड मोडलका बारे छलफल भइसकेको छ। यस मोडल अन्तरगत युनाइटेड अरब इमिरेट्स पहिलो रोजाइमा छ भने श्रीलङ्का दोस्रो रोजाइमा छ।

नक्बीले भने यस बारेमा बिसिसिआईसँग नै पहिलो छलफल जरुरी भएको बताएका छन्।

उनले भारतले पाकिस्तानमा एसिया कप खेल्न अस्वीकार गरे पनि पाकिस्तान सन् २०२३ मा भारतमा गएर एक दिवसीय विश्वकप खेल्न तयार भएर शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्न तयार भएको सङ्केत गरेको बताए।

च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्गल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको सहभागिता छ। दुई समूहमा विभाजन गरेर लिग कम नकआउटको आधारमा खेल हुनेछन्।

पछिल्लो घटनाक्रममा लाहोरमा हुने खेलहरू प्रभावित हुने देखिएको छ। राजनीतिक कारणले सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन। सन् २०२३ को एक दिवसीय विश्वकपलगायत अनेकौँ प्रतियोगिताका कारण पाकिस्तान भने भारतमा गएर खेली सकेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ५२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा