माओवादीले छान्यो धनुषाधाम नगरपालिका-१ को उम्मेदवार « Khabarhub

माओवादीले छान्यो धनुषाधाम नगरपालिका-१ को उम्मेदवार


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– चाडपर्व सकिएलगत्तै राजनीतिक दलहरू उपनिर्वाचनको तयारी जुटेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा रिक्त रहेको धनुषाधाम वडा नम्बर १ को वडाअध्यक्ष पदका लागि सबै राजनीतिक दल तैयारीमा जुटेको हो ।

सो पदमा  उम्मेदवार छनोटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायत आन्तरिक तयारी जुटिरहेको बेला नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवार छनोट गरेको छ ।

धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाअध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारको रूपमा सुनिल कापरको नाम माओवादी केन्द्र धनुषाधाम नगरपालिका कमिटीले सर्वसम्मतरुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

धनुषाधाम नगरपालिका– १ को वडाअध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटी अनुमोदन गरेको भन्दै नेकपा माओवादी केन्द्र धनुषाका नेता दीपक यादवले उम्मेदवार छनोट गरिएको नाम पार्टीको मधेश प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गरेको जनाएका छन् ।

वडाअध्यक्ष उम्मेदवारीका लागि कापरको नाम वडास्तरीय कमिटीले निर्णय गरेपछि पार्टीको धनुषाधाम नगर कमिटी र जिल्ला कमिटीमा सिफारिस गरी पार्टी मधेश प्रदेश समिति र केन्द्रीय समितिमा समेत नाम सिफारिस गरिएको संयोजक यादवले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : ४० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल