साढे ६२ अंकले बढेर २७३८ विन्दुमा पुग्यो नेप्से, कारोबार कति ? « Khabarhub

साढे ६२ अंकले बढेर २७३८ विन्दुमा पुग्यो नेप्से, कारोबार कति ?


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेसँगै २७३८.०६ विन्दुमा पुगेको छ । चाडवाड पछि खुलेको पहिलो दिन नेप्से २.३३ प्रतिशतले बढेसँगै रौनक फर्किएको छ ।

आज प्रि–ओपन ससेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको समय देखिनै माथि गएको थियो ।

कारोबार अवधिभर ५ पटक सम्म बजार लत झर्न खोजेको देखिए पनि खरिदकर्ता हाबी हुँदा बजार भने लत झरेन ।

आइतबार ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर कारोबारमा आएको छ ।

आज २२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ६५१ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी हाइड्रोपावर समूह ४.२६ प्रतिशतले बढेर ३ ५२०.१२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.६२ प्रतिशतले बढेर २१.६९ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.६२ प्रतिशतले, विकास बैंक २.१७ प्रतिशतले, फाइनान्स २.४८ प्रतिशतले, होटल तथा पर्यटन ०.९६ प्रतिशतले, लगानी २.५६ प्रतिशतले, जीवन बीमा २.१६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.३२ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा १.९५ प्रतिशतले, अन्य समूह २.५२ प्रतिशतले र ट्रेडिङ समूह १.१५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : १३ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको