कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्ने अनुमति « Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्ने अनुमति


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जापानमा मानव बेचबिखनको मुद्दामा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याएलगत्तै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।

हवाईजहाजबाट काठमाडौं ल्याएपछि अधिकारीलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर त्यसपछि अदालतमा उपस्थित गराइएको थियो ।

आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ गरि अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई पहिलो पटक दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय प्रहरीलाई दिइएको हो ।

 तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : १८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग