गैँडाको आक्रमणमा तीन घाइते, दुई जनाको अवस्था गम्भीर | Khabarhub Khabarhub

गैँडाको आक्रमणमा तीन घाइते, दुई जनाको अवस्था गम्भीर


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

शनिवार बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो ।

आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ ।

आक्रमणबाट बारबर्दिया नपा–४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा–५ का ६५ वर्षीय जङ्गली थारु र १० वर्षीया शिखा थारु घाइते भएको वडा नं– ४ का वडाध्यक्ष मानबहादुर थारुले बताए । प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जङ्गली र शिखाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  २ : ३२ बजे

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : प्रचण्ड 

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशका पूर्वी र मध्यभागका