व्यवस्थापन कानूनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय « Khabarhub

व्यवस्थापन कानूनको पढाइ सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मनमोहन प्राविधिक विश्वविद्यालयले कानूनतर्फ पनि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले विराटनगरमा यही मङ्सिरदेखि पठनपाठन सुरु हुने गरी स्नातकतर्फ बिएए एलएलबी र स्नातकोत्तरतर्फ अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने तयारी पूरा गरेको जनाएको छ ।

स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्स निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौँ’, उनले भने ।

उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्स पाँच वर्षको हुनेछ । विद्यार्थीहरूले चार लाख ५० हजार रुपैयाँमै यो कोर्स अध्ययन गर्न पाउनेछन् । यो कोर्स पढ्न चाहने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरिएको र त्यसमा महिला, दलित लगायतलाई ४५ सिटको कोटामध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

उपकुलपति डा पोखरेलले भने, ‘बिबिए एलएलबी कोर्षमा सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढ्ने विद्यार्थीहरू अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।’

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले विदेशबाट समेत विज्ञ शिक्षकहरू ल्याएर अध्यापन गराइने बताए । उनले अध्ययन गर्न चाहनेहरूले यही कात्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्ने जानकारी दिए ।

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले सिभिल र इलेक्ट्रोनिक्स एन्ड इलेक्टिक इन्जिनियरिङमा स्नातक, वि–फर्मातर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाइ सुरु गरिसकेको छ ।

विसं २०७६ मा स्थापना भएको यस विश्वविद्यालयले १० वर्षभित्र तीन वटा  स्कुलअन्तर्गत विभिन्न २८ विषयमा विद्यावारिधि (पिएचडी) सम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ३६ बजे

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी