कालिकोट दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ५ जनाको अवस्था गम्भीर (अपडेट) | Khabarhub Khabarhub

कालिकोट दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ५ जनाको अवस्था गम्भीर (अपडेट)


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनको संख्या सात पुगेको छ । प्रदेश अस्पताल सुर्खेत उपचारत सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको मृत्यु हो ।

योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार दिउँसो साढे २ बजे १९ जना यात्रु लिएर पलाँता गाउँपालिकाको खिनबाट थिुर्पू जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी दुर्घटना भएको थियो ।

पलाँता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाँया शाही तथा पलाँता–३ का दमन रोकाया छन् ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक र आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दानबहादुर, निर्मला, जगत, दोली र आयुशाको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ८ : ४६ बजे

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला– दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको