स्पेनिस ला लिगा : सोसिडाडसँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगा : सोसिडाडसँग बार्सिलोना पराजित


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा रियल सोसिडाडले बार्सिलोनालाई १–० गोलले हराएको हो । जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो।

सोसिडाडका शेराल्डो बेकरले एक गोल गरेका थिए । खेलको ३३औँ मिनेटमा बेकरले गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

सोसिडाडसँग पराजित भए पनि बार्सिलोना अंक तालिकामा शीर्षस्थानमै रहेको छ । १३ खेल खेलेको बार्सिलोनाको ३३ अंक छ । यस्तै १८ अंक जोडेको रियल सोसिडाड आठौँ स्थानमा छ ।

गएरातिका अन्य खेलमा एट्लेटिको मड्रिडले मायोर्का, लेग्नेसले सेभिया तथा जिरोनाले गेटाफेलाई हराएको थियो ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : ०६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६