आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण « Khabarhub

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः लाइन नजोडिने भएको छ । आइतबार मन्त्रिपरिषद्को बैठकले लाइन काटिएका उद्योगहरूमा आज १२ बजेसम्म लाइन जोड्न गरेको निर्णय कार्यान्वयन नहुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले अहिलेसम्म प्राधिकरणलाई कुनै औपचारिक जानकारी नआएको र बोर्डको बैठक बसेर के गर्ने भन्ने सन्दर्भमा निर्णय गर्नसक्ने बताए ।

‘भर्खरै कार्यालय समय सुरु भएको छ, बोर्डको बैठक बस्ला र कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ला’, प्रवक्ता घोषले खबरहबसँग भने । उनले बोर्डको बैठक बसेर निर्णय नगरीकन उद्योगमा लाइन जोडिने काम अगाडि नबढ्ने समेत बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल नबुझाएका उद्योगहरूमा काटिएको लाइन आज मध्याह्न १२ बजेसम्म जोड्ने र ती उद्योगहरूबाट १५ दिनभित्र टिओडी मिटरका आधारमा बक्यौता उठाउने निर्णय गरेको थियो ।

तर, सोमबार बिहानसम्म पनि सरकार वा मन्त्रालयले भने प्राधिकरणलाई सो सम्बन्धी कुनै औपचारिक निर्देशन भने दिइसकेको छैन ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १० : ३४ बजे

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध