सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’ « Khabarhub

सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय एयरलाइन्स कम्पनी ‘भिस्तारा’ले सोमबार आफ्नो उडान भर्दैछ । यो कम्पनीले पछिल्ला ९ वर्षदेखि भारतीय उड्ययन क्षेत्रमा आफ्नो सेवा दिइरहेको थियो ।

‘भिस्तारा’ सिंगापुर एयरलाइन्स र टाटा सन्सको एक संयुक्त कम्पनी थियो । तर अब यसको विलय टाटा ग्रुपको स्वामित्व रहेको एयरलाइन्स कम्पनी एयर इन्डियामा हुँदैछ ।

यस विलयपछि ‘भिस्तारा’ एयरलाइन्सको परिचालन एयर इन्डियामार्फत गरिनेछ । यसरी विलय हुनेमा यसका हेल्पडेस्कदेखि लिएर टिकट अफिस पनि सामेल छन्।

पछिल्ला केही महिनादेखि भिस्ताराकव बुकिङ र नियमित कार्यक्रमअन्तर्गतका ग्राहकको सेवा एयर इन्डियामा सार्ने क्रम चलेको थियो ।

एयर इन्डियाका प्रवक्ताले यसबारेमा आफ्नव प्रतिक्रिया दिएका छन् । ‘विलय प्रक्रियाको एउटा अंशका रुपमा खाना, सेवा र अन्य सबै सुविधालाई एयर इन्डियामा अपग्रेड गरिँदैछ । यसमा भिस्तारा र एयर इन्डिया दुवैको पहिचानलाई मिलाइँदैछ ।’

यो विलयबाट यात्रीलाई दिइने सेवामा असर पर्ने चिन्ताबीच टाटाले भिस्तारामा मिल्ने उडान सुविधा एयर इन्डियामा पनि यथावत रहने विश्वास दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ४१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति