परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच संवाद, प्रधानमन्त्रीको भ्रमणबारे छलफल « Khabarhub

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच संवाद, प्रधानमन्त्रीको भ्रमणबारे छलफल


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला द्विपक्षीय संवाद तीव्र भएको छ।

गत असार अन्तिममा प्रधानमन्त्री भएपछि उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्रीको भ्रमणबारे दुवै पक्ष छलफलमा जुटेका हुन् ।

यही क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सोमबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

राजदूत सोङ परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणासँग संवाद गरेका हुन् । दुईजनाबीच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजनको जिम्मा पनि मन्त्री राणाले पाएकी छन् । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन जाने मिति तय भएको छ ।

ओलीको चीन भ्रमण तयारी भइरहेका बेला बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अघि बढाउने नबढाउने विषयमा सत्तारुढ दलहरूबीच सहमति जुटिसकेको छैन । ओली अहिले बीआरआई अघि बढाउने कुरामा कांग्रेसलाई मनाउन सक्रिय छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : २९ बजे

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल