परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच संवाद, प्रधानमन्त्रीको भ्रमणबारे छलफल « Khabarhub

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच संवाद, प्रधानमन्त्रीको भ्रमणबारे छलफल


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला द्विपक्षीय संवाद तीव्र भएको छ।

गत असार अन्तिममा प्रधानमन्त्री भएपछि उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्रीको भ्रमणबारे दुवै पक्ष छलफलमा जुटेका हुन् ।

यही क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग सोमबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

राजदूत सोङ परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणासँग संवाद गरेका हुन् । दुईजनाबीच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजनको जिम्मा पनि मन्त्री राणाले पाएकी छन् । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन जाने मिति तय भएको छ ।

ओलीको चीन भ्रमण तयारी भइरहेका बेला बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अघि बढाउने नबढाउने विषयमा सत्तारुढ दलहरूबीच सहमति जुटिसकेको छैन । ओली अहिले बीआरआई अघि बढाउने कुरामा कांग्रेसलाई मनाउन सक्रिय छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : २९ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ