एनपीएलको तयारी तीव्र, पारसले भने- यस पटक फ्लड लाइटमा खेलाउने इच्छा पूरा भएन | Khabarhub Khabarhub

एनपीएलको तयारी तीव्र, पारसले भने- यस पटक फ्लड लाइटमा खेलाउने इच्छा पूरा भएन


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रुपले अघि बढिरहेको जनाएको छ ।

एनपीएलका सन्भर्दमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्र रुपमा अघि बढिरहेको बताए ।

लिगलाई भव्य बनाउन क्यानले लामो समयदेखि तयारी गरेर अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

खड्काले फ्रेन्चाइज लिगका लागि चुनौतीका रुपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको धारणा राखे। खेल र खेलाडीको विकाससँगसँगै क्रिकेटमा आकर्षण बनाउन पनि लिग महत्वपूर्ण हुने उनले बताए ।

अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोश्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको उनले सुनाए ।

केपी शर्मा ओ‌ली नेतृत्वको सरकारले तीन महिनाभित्र फ्लड लाइट जडान थाल्ने बताए पनि अझैसम्म काम हुन सकेको छैन ।

सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा निगरानी हुने जानकारी दिए । लिग अवधि भर एन्टिकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ ।

एनपीएल आगामी मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : २१ बजे

मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत

काठमाडौं– काठमाडौँ महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा