युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी « Khabarhub

युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले सोमबार युक्रेनको सैन्य गुप्तचरले रूसी एमआई–डएमटिपीआर–१ इलेक्ट्रोनिक युद्ध हेलिकप्टर अपहरण गर्ने प्रयासलाई रोकेको जनाएको छ ।

युक्रेनी सैन्य गुप्तचर अधिकारीहरूले यो हेलिकप्टरलाई  युक्रेनी सशस्त्र बलद्वारा नियन्त्रित क्षेत्रमा सार्न रूसी सैन्य पाइलट भर्ती गर्ने प्रयाससमेत गरेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) सुरक्षा एजेन्सीले जनाएको छ ।  

घटनाको स्पष्ट मिति उल्लेख नगरिएको भएता पनि अपरेसनको क्रममा प्राप्त गुप्तचरले युक्रेनी स्थानहरूमा आक्रमण गर्न अनुमति दिएको बताएको छ ।
रूसी समाचार एजेन्सी आरआईए नोभोस्तीले एफएसबीलाई उद्धृत गर्दै पाइलटलाई किभ सुरक्षा सेवाले सम्पर्क गरेको जनाइएको छ ।

गत जुलाईमा, एफएसबीले आर्थिक पुरस्कार र इटालियन नागरिकताको बदलामा ‘रूसी सैन्य पाइलट’ को सहभागितामा उक्त प्रयासलाई रोकेको दाबी गरेको थियो ।

सन् २०२३ को गर्मीमा युक्रेनले द्वन्द्वको विरोध गर्ने रूसी हेलिकप्टर पाइलट म्याक्सिम कुजमिनोभलाई भर्ती गरेको थियो । जसको सन् २०२४ को सुरुमा स्पेनमा मृत्यु भएको जनाइएको छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ५ : १८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६