हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ? यस्तो छ पौराणिक कथा « Khabarhub

हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ? यस्तो छ पौराणिक कथा


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने भएकाले धेरैले ठुली एकादशी पनि भन्ने गर्दछन् ।

धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वासका साथ आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन पनि हो । वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ ।

मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ ।

हिन्दु धर्मावलम्बीहरूले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ ।

तुलसी विवाहको फाइदा

एकादशीको दिन तुलसी तथा भगवान् शालिग्रामको विधिपूर्वक पूजा गराउनाले वैवाहिक जीवनमा आइरहेका समस्याहरू अन्त्य हुने धार्मिक विश्वास छ । जो व्यक्तिहरूको विवाह भएको हुँदैन, ती व्यक्तिहरूको विवाह हुने निश्चित हुन्छ । यति मात्र होइन, तुलसी विवाह गराउनाले कन्यादान जस्तो पुण्य प्राप्त हुन्छ ।

तुलसी विवाहको पौराणिक कथा

पौराणिक किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जालन्धर क्रूर र भगवान् विरोधी भएर त्रिलोकपति बनेर बसेका थिए ।

वृन्दाको पवित्रताका कारण उनका पति अजेय र शक्तिशाली रहेका थिए । जसको परिणाम महादेवले पनि उनलाई हराउन सकेनन् ।

त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिएको थाहा पाएर वृन्दाले आत्मदाह गरिन् ।

उनको खरानीको थुप्रोमाथि उम्रिएको एक वनस्पतिलाई विष्णुले तुलसीको नाम दिए । यस्तै सँगै रहेको एक ढुंगालाई आफ्नो रूप ठानी शालिग्रामको रूपमा प्रख्यात हुने बताए । फलस्वरूप कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बसेको मानिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३० बजे

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचकका

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग

काठमाडौं- पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई