पर्यटनमन्त्रीले क्यासिनोबाट दुई करोड घुस लिएर घर किनेको कांग्रेस सांसदकै आरोप | Khabarhub Khabarhub

पर्यटनमन्त्रीले क्यासिनोबाट दुई करोड घुस लिएर घर किनेको कांग्रेस सांसदकै आरोप

मन्त्री भन्छन्- पुष्टि गरे पशुपतिनाथ साक्षी राखेर राजनीति छाड्छु


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिले बनेको दुईतिहाइ नजिकको गठबन्धन सरकारको कार्यक्षमतामा प्रश्न उठिरहेका बेला क्याबिनेटका एकजना सदस्यमाथि गम्भीर आरोप लागेको छ।

कांग्रेसका सह-महामन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उनकै दलका एकजना सांसदले क्यासिनोको इजाजत दिने क्रममा २ करोड रुपैयाँ घुस लिएको आरोप लगाएका हुन् ।

रुपन्देहीको भैरहवास्थित रोयल टाइगर रिक्रिएसनद्वारा सञ्चालित क्यासिनोको इजाजत दिने क्रममा मन्त्री पाण्डेले सञ्चालकसँग २ करोड रुपैयाँ घुस लिएको आरोप कांग्रेस सांसद राजेन्द्र बजागाईंले लगाएका हुन् ।

पाण्डेले क्यासिनो लाइसेन्स दिँदा मागेकोको दुई करोड रुपैयाँ घुस क्यासिनो सञ्चालक रवि धितालले बुझाएको गुनासो आफूलाई गरेको सांसद बजागाईंले बताएका छन् ।

उनले त्यसक्रममा अरु मानिस पनि साक्षीका रुपमा रहेको जिकिर गरेका छन् । मन्त्री पाण्डेले घुस मागेको विषय कांग्रेसकै प्रनिनिधिसभा सदस्य राजेन्द्र बजागाईंले सार्वजनिक गरेका हुन् ।

‘मन्त्री आफू कमिसन खान्छ अरुको स्पोन्सर प्रचार गर्छ’, गोरखा १ का सांसद बजगाईंले भनेका छन् । मन्त्री पाण्डेले घुस मागेको विषयको थप पुष्टि गर्न खोज्दै समकक्षी सुभाष र सुशान्त पनि सँगै भएको बेला मन्त्रीले घुस लिएको विषय सार्वजनिक भएको दाबी गरेका छन् ।

उनले भनेका छन् ‘क्यासिनो सञ्चालक (रवि धिताल)ले भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड घुस दिएको हामीलाई प्रष्ट पारेका छन्’, उनल भनेका छन्, ‘डेरामा बस्ने नेता मन्त्री बन्नासाथ घर किन्ने ?’

उनले क्यासिनो २०७४ मा टाइगर प्यालेस र २०८१ साउन ११ मा रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालन इजाजतपत्र जारी गरेको पत्र पनि सार्वजनिक गरेका छन् ।

‘एक क्यासिनो सञ्चालकले हामीलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गरे । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठाए’, उनले भनेका छन्, ‘मन्त्री भ्रष्ट, क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति (शेरबहादुर देउवा) र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छन् । यो झूटो किन हो भने सभापति, गृह, परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा हामी १५ सांसद साक्षी छौँ ।’

उनले आफू भैरहवा विमानस्थल चल्नुपर्ने पक्षमा रहेको बताए । ‘तर विमानस्थल चलाउनै नहुने आशयको भाग मात्रै काटेर स्पोन्सर गरिए छ तर मैले भ्रष्टाचारविरुद्ध बोलिरहेको छु’, उनले भनेका छन् ।

भैरहवाको क्यासिनोबारे अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै पाण्डे संस्कृति मन्त्री बनेलगत्तै क्यासिनोको इजाजत दिनुलाई शंस्कास्पद लिनु पर्ने उनले बताए ।

दुई दिनअघि बजगाईंले पर्यटनमन्त्री पाण्डे असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमण्डलमा प्रदर्शन गरेका थिए । कांग्रेसकै सांसद कांग्रेसबाटै मन्त्री भएकाविरुद्ध प्रदर्शनमा उत्रिएको दृश्य धेरैले अनौठो मानेर हेरेका थिए ।

भैरहवाको टाइगर प्यालेसले सार्वजनिक जग्गा मिचेर होटल बनाएको भन्दै त्यसको बिक्री तथा हक हस्तान्तरण गर्न नहुने जिकिरसहित परेको मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ ।

अदालतले पहिलो आदेशमा उक्त होटलको कारोबारलाई तत्काल यथास्थितिमा राख्न भनेको छ। गैरआवासीय नेपालीहरूले यो होटल खरिद-बिक्री गर्न गरिसकेको सहमति अदालको आदेशका कारण अड्किएको छ।

यस होटल प्रकरणको विवाद अहिले नेपाल राष्ट्र बैंकमा पनि पुगेको छ । यसबारे अनुसन्धान गर्न अख्तियारले नेपाल राष्ट्र बैंकलाई भनेको छ। अदालतमा मुद्दा विचाराधीन रहेको होटललाई क्यासिनो अनुमतिपत्र दिँदा मन्त्री पाण्डेले दुई करोड घुस लिएको आरोप कांग्रेसकै सांसदबाट लागेको हो ।

के भन्छन् मन्त्री ?

उता मन्त्री पाण्डेले कांग्रेस सांसदबाटै लागेको गम्भीर आरोपको मंगलबार जवाफ दिएका छन् । उनले मतियार र विचौलियासँग कहिल्यै सम्झौता नगर्ने दाबी गरेका छन् ।

नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो जिकिर गरेका हुन् ।

मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको दाबी गरे । ‘पहिला राजनीति गर्ने व्यक्ति बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु’, उनले कांग्रेस सांसद बजागाईंको आरोपबारे भने, ‘मैले तीन-चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल र आत्मबलाई गिराउने काम गरिरहेका छन् ।’

उनले त्यसक्रममा पशुपति नाथको मन्दिरलाई पनि साक्षी राखे । ‘म पशुपतिनाथको मन्दिरअगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा विचौलियाका मतियारले आरोप लागएका छन् , कारोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहान्छु’, उनले बजागाईंको आरोपबारे भने ।

उनले बजागाईंको नाम नलिई उनलाई स्वार्थ समूहका मतियार र विचौलियाको संज्ञा दिए । पाण्डेले त्यस्ता मान्छेसँग कहिल्यै पनि सम्झौता नगर्ने बताए ।

आफू संस्कृति पढेको, धर्मप्रति आस्था र विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै उनले राजनीतिलाई सेवाभावको रुपमा बुझेको प्रष्ट पारेका छन् ।

राजनीतिभित्र विकृति विसंगतिका मतियारले तथ्य, प्रमाण र हल्लाका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्दै अपवाह फैलाएको जिकिरसहित उनले आक्रोश पोखे ।

‘कुन व्यक्तिले राजनीतिलाई दुरुपयोग गरिरहेको छ ? कुन व्यक्तिले राजनीतिलाई सदुपयोग गर्नु भएको छ ?’, उनको प्रश्न छ, ‘म आत्मविश्वासको साथ भन्न सक्छु, बाल्मीकि क्याम्पसको स्ववियु सभापति हुँदा र मन्त्री हुँदा पनि मेरो जीवनशैलीमा कुनै परिवर्तन छैन ।’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ५१ बजे

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं– भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता

अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

क्यानबेरा– अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र

स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ :  उद्योगमन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा