कोशीका पूर्वमन्त्री अधिकारी मुछिएको प्रकरणमा थप दुईजना पक्राउ | Khabarhub Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारी मुछिएको प्रकरणमा थप दुईजना पक्राउ


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापानमा मानव तस्करी प्रकरणमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

जापानबाट डिपोर्ट भएका खोटङका दुई र रसुवाका एकजना युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा ओखलढुंगका दुईजनालाई पक्राउ गरिएकाे काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेहरूमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका अधिकारीले बताए। यससँगै पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा ९ जना पक्राउ परिसकेका छन्।

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई दुई दिनअघि पक्राउ गरेर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ ।

अधिकारीलेत गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोप छ।

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले त्यहाँको अध्यागमनले विमानस्थलबाटै फर्काइदिएको थियो।

मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : १५ बजे

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति