नयाँ मोडतिर मध्यपूर्वको राजनीति : इरानी विदेशमन्त्री र साउदी राजकुमारबीच वार्ता « Khabarhub

नयाँ मोडतिर मध्यपूर्वको राजनीति : इरानी विदेशमन्त्री र साउदी राजकुमारबीच वार्ता


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

रियाद- इरानका विदेश मन्त्री अब्बास अरागचीले रियादमा भइरहेको अरब-इस्लामिक देशको सम्मेलनका क्रममा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।

अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यसबारे खुलाएका हुन् । उनीहरूबीच एक महिनाबीचमा भएको यो दोस्रो भेटवार्ता हो ।

अरागचीले भनेका छन्, ‘मैले आफ्ना कयौँ समकक्षी (विदेश मन्त्री) सँग पनि भेटवार्ता गरेँ । हामी सबैको साझा चिन्ता र साझा हित छन् । हामी मध्यपूर्वमा अहिले महत्वपूर्ण चुनौती सामना गरिरहेका छौँ । ती चुनौती सामना गर्न हामी सहयोग र समन्वयको महत्व राम्ररी सम्झिन सक्छौँ । क्षेत्रीय संवाद एक विकल्प मात्रै होइन, आवश्यक भएको छ । यसका लागि हामी सहमत भएका छौँ।’

कुनै समय साउदी अरब र इरान एकअर्काका कडा दुष्मन थिए । तर अहिले यी दुई देशका नेताहरूबीच भएको भेटवार्तालाई मध्यपूर्वको विकसित घटनाक्रममा धेरै अहम् मानिएको छ ।

मध्यपूर्वमा इजरायलले गाजा र लेबनानमा गरिरहेको ठूलो आक्रमणबीच साउदी अरबमा अरब-इस्लामिक देशको सम्मेलन भइरहेको छ ।

जहाँ इरान र सिरियासहित मध्यपूर्वका सबै मुस्लिम राज्यका प्रतिनिधि जुटेका छन् । यही सम्मेलनका क्रममा साउदी अरबले पहिलो पटक इजरायलले गाजा र लेबनानमा नरसंहार मच्चाएको भन्दै विरोध जनाएको छ ।

यस सम्मेलनको प्राथमिकता, प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमणलाई रोक्नु रहेको छ । सम्मेलनमा आममानिसको जीवनरक्षा र शान्ति कायम गर्दै स्थिरता स्थापित गर्नु रहेको छ। त्यसका लागि यी देशले अन्तर्राष्ट्रिय समुदायमाथि दबाब बढाउँदैछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : १० बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा