६ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’ « Khabarhub

६ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा आएको छ ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङलगायत छ जना खेल क्षेत्रमा सङ्लग्न युवाको समूहले सञ्चालनमा ल्याएको सो स्पोर्टस क्यासलको आज गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे ।

फुटसल खेलको विकासमार्फत राष्ट्रिय खेलाडी उत्पादन गरी देशको खेल क्षेत्रमा योगदान गर्ने उद्देश्यले क्यासल सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले बताउनुभयो । चन्द्रसहित अनमोल पालिखे, विजया गुरुङ, विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङले रु छ करोड लगानीमा सो क्यासल सञ्चालनमा ल्याएका हुन् ।

फुटसल मैदानमा सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आवश्यक संरचना निर्माण गरिएको सञ्चालक अनमोल पालिखेले बताए । त्यसैगरी एकपटकमा ८० जनासम्मले अभ्यास गर्न मिल्ने गरी आधुनिक उपकरणसहितको व्यायामशाला रहेको उनले बताए ।

निश्चित शुल्कमा व्यक्तिगत फुटसल प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था गरिएको बताउँदै पालिखेले एकै थलोभित्र खेलकूद तथा व्यायाम गर्न सकिने उल्लेख गरे । मन्त्री गुरुङले शारीरिकरुपमा स्वस्थ हुन सके मानसिक रुपमा पनि तन्दुरुस्त हुने धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहभागितामा देशलाई समृद्ध बनाइने स्पष्ट पारे ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ८ : ३७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते