‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म « Khabarhub

‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ कीर्तिमान बनाएको हो ।

‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रास कमाई गरेको जानकारी दिएको छ ।

कमाईको कीर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ । फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : २८ बजे

इरानसँगको युद्ध सैन्य रूपमा सकिएको ट्रम्पको दाबी, आवश्यक परे आक्रमण गर्ने चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ–  सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक

नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख र गृहमन्त्री

काठमाडौँ – नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा राष्ट्रिय विभूति

तस्बिरमा हेर्नुहोस् नेवार समुदायको म्हः पूजा

काठमाडौं– नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली

किसानलाई धान भण्डारणको चटारो

भोजपुर– धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको