संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ : मुख्यमन्त्री कार्की « Khabarhub

संविधान संशोधन गरेर प्रदेशको अधिकार बढाऊँ : मुख्यमन्त्री कार्की


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान संशोधन गरेर प्रदेश संरचनाको अधिकार र प्रभावकारिता बढाउन सकिने बताएका छन्।

बिहीबारबाट विराटनगरमा सुरु मुख्यन्यायाधिवक्ताहरूको छैठौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेका अधिकार नदिँदा प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था आएको र जनतामा प्रदेश संरचना प्रति वितृष्णा उत्पन्न हुने गरेको उल्लेख गरे ।

यसका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री कार्कीले संविधानमा रहेको त्रुटी तथा कमजोरीहरू सच्याएर तीन तहको संरचना आवश्यक छ कि छैन भन्ने अन्यौल पनि हटाउनुपर्ने बताए ।

उनले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार संविधान संसोधन अतिआवश्यक भएको र निर्वाचन प्रणाली लगायतयका विषय परिमार्जन तथा परिष्कृत गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश कानुन निर्माण र यसमा देखिएका समस्या, प्रदेश प्रदेशको कार्यगत अनुभव साटासाट र मुख्य न्यायाधिवक्ताको भूमिकाबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : ३४ बजे

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने