ज्वालामुखी विस्फोटका कारण अवरुद्ध उडान सेवा पुनः सञ्चालन « Khabarhub

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध उडान सेवा पुनः सञ्चालन


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् ।  

विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु  हुनुका साथै हजारौँलाई सुरक्षित स्थानमा सारिएको थियो । मौसम ‘सुध्रिएको’ अवस्थालाई उल्लेख गर्दै क्वान्टासजेटस्टारले बालीमा आफ्नो सेवा पुनः सुरु गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।  

एयरएशियाले बिहीबारदेखि बाली जाने उडानहरू पुनः सुरु गर्ने जनाएको छ भने अस्ट्रेलियाले आफ्नो वेबसाइटमा उडानहरू पुनः सुरु गर्ने बताएको छ ।

यसैबीच, सिङ्गापुरको स्कुट एयरलाइन्सले लेवोटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिको कारण सिङ्गापुरबाट बाली र सुराबायाका लागि उडानहरू पुनर्निर्धारित गरेको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक अहमद स्योगी साहाबले माउन्ट लेवोटोबी लाकी–लाकीबाट ज्वालामुखीको खरानी बुधबार साँझदेखि विमानस्थलबाट टाढा गइरहेको बताएका छन् । 

ज्वालामुखी विज्ञान विभागका अनुसार लेवोटोबी बिहीबार पुनः विस्फोट हुँदा यसको खाडलबाट बाक्लो खरानी स्तम्भ र लाभा बगिरहेको देखिएको थियो । 

विमानस्थलको इन्स्टाग्राम अनुसार ज्वालामुखी नजिकैको लाबुआन बाजोको पर्यटक स्थलमा रहेको विमानस्थल बिहीबार पुनः खोलिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १ : ५२ बजे

रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले देशको अवस्था असमान्य

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट