पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको छ : सचेतक परियार « Khabarhub

पार्टीले गरिरहेको आन्दोलनबारे समीक्षा भइरहेको छ : सचेतक परियार


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका छन् ।

सिंहदरवारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।

आफूहरूको आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले विभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए। पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको जिकिर गरे । 

कार्यवाहक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ । उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।  

त्यस्तै रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साँधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए । उनले सरकारको रवैयाबिरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रुपमा नै अघि बढाउने जिकिर गरे ।

उनले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उल्लेख गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ४ : ०९ बजे

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

एजेन्सी– सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि