साताभर ४६ अर्बको कारोबार, ७३ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

साताभर ४६ अर्बको कारोबार, ७३ अंकले बढ्यो नेप्से

लगानीकर्ता भन्छन्- मौद्रिक नीतिको समीक्षा पर्खेका छौँ


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यो साता अर्थात् कार्तिक २५ गतेदेखि २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समग्रमा बढेको छ । सातामा २ दिन बजार घट्दा पनि नेप्से बढेको देखिएको छ ।

यो सता पुरा ५ दिन शेयर कारोबार हुँदा ३ दिन बजार बढ्यो भने २ दिन बजार घट्यो । बजार घट्ने भन्दा बढ्ने अंक बढी भएकाले गर्दा समग्रमा सातामा नेप्से ७३.२७ अंकले बढ्यो ।

अघिल्लो साताको बिहीबार २६७५.५१ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा ७३ अंकले बढेर २७४८.७८ विन्दुमा आइपुगेको छ ।

यो साता समग्रमा दैनिक नेप्से १४ अंकले बढेको छ ।  सातामा ४६ अर्ब ७ करोड ६५ लाख ५६ हजार रुपैयाँको कारोबार हुँदा दैनिक औसत ९ अर्ब २१ करोड ५३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

पुरा ५ दिनमा ८ करोड ७३ लाख १५ हजार ४५६ कित्ता कारोबार हुँदा औसतमा दैनिक १ करोड ७४ लाख ६३ हजार ९१ कित्ता शेयर कारोबारमा आएको छ ।

सातामा ४ लाख ६८ हजार ९४२ पटक शेयर किनबेच हुँदा दैनिक औसत ९३ हजार ७८८ पटक शेयर किनबेच भएको छ ।

‘मौद्रिक नीतिको समीक्षाको पर्खाइ छ’

चाडबाड सकिए पछिको सातालाई लगानीकर्ताले भने सुखद साताको रूपमा लिएको देखिएको छ । समग्रमा साताको नेप्से ७३ अंकको बढाइलाई पनि लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्  ।

नेपाल राष्ट्र बैंकले आगामी आउने सातामा मौद्रिक नीतिको समीक्षा गर्ने भएकाले गर्दा पनि सारा लगानीकर्ताको ध्यान त्यसैतर्फ भएको लगानीकर्ता बताउँदै आएका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत लगानीकर्तालाई लगाएको क्याप हटाइसकेको छ । तर व्यक्तिगत लगानीकर्तालाई भने कायम राखेको अवस्था छ ।

बैंक तथा वित्तीय संस्थामा अहिले तरलता फालाफाल भएकाले गर्दा पनि अहिले राष्ट्र बैंकले कर्जा प्रवाह गर्ने भए पनि व्यक्तिगत क्याप समेत हटाउने लगानीकर्ताले अनुमान गरेका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने भएकाले लगानीकर्ता त्यसको पखाइमा रहेको बजारका जानकार मुक्ति अर्याल बताउँछन् ।

‘सातामा भएको कारोबार हकमा आधारमा राम्रो देखिएको छ’, अर्यालले भने, ‘मौद्रिक नीतिको समीक्षा आउने हल्लाले पनि अलिकति तानेको छ ।’

विगतमा पनि चाडबाड पछि बजार माथि नै जाने गरेकाले गर्दा पनि अब बजार माथि नै जान सक्ने अर्याल बताउँछन् । ‘विगतमा पनि असार र साउनमा बजार तल नै रहन्छ, त्यसपछि बजार अहिले माथि जान्छ र दसैँ तिहारमा बजार घटेको नै देखिन्छ’, अर्यालले भने, ‘चाडबाड पछि भने बजार बढ्ने गरेकै देखिन्छ, त्यसको प्रभाव पनि होला ।’

धितोपत्र बोर्डको अध्यक्षलाई अन्तरवार्तामा बोलाउँदा नै बजारमा उत्साह देखिएको लगानीकर्ता नवराज दाहाल बताउँछन् । बजार माथि जान कुनै बहाना चाहिएकाले गर्दा अब बुल नै बाटो समाउने दाहाल बताउँछन् ।

केही वर्षदेखि तल झरेर बसेको, ब्याजदर घटेको घटै गरेको, डिजिटल्ली बजार भएकाले गर्दा पार्टटाइममा पनि गर्न सकिने हुनाले पनि बजार बढ्न सक्ने सम्भावना रहेको दाहाल बताउँछन् ।

‘हाम्रोमा ठूला उद्योगीहरू पनि शेयर बजारमा हुने गरेका छन्’, दाहालले भने, ‘उता राम्रो नहुँदा यता आउने यता राम्रो नहुँदा उता जाने गरेका धेरै उदाहरणहरू छन् ।’

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा ल्याउने भएकाले गर्दा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता भएको लगानीकर्ता गोपाल कटुवाल बताउँछन् ।

‘दसैँ अगाडि देखिको बजार बढ्न सकिरहेको थिएन’, दाहालले भने, ‘अहिले मौद्रिक नीतिको समीक्षा आउने भएकाले गर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’

तिहार पछाडि देखिनै बजार बढ्छ भन्ने मनोवैज्ञानिक दृष्टिकोण लगानीकर्ता बनाएको कटुवाल बताउँछन् । बिचमा बजार तल झर्दा राम्रो कम्पनीहरूको शेयर लगानीकर्ताले जम्मा गरेको अवस्था समेत रहेको उनको भनाई छ ।

राष्ट्र बैंकमा थुप्रिएको पैसा तह लगाउन भए पनि मौद्रिक नीतिको समीक्षा सकारात्मक नै आउने कटुवाल विश्वास गर्छन् ।

‘बैंकहरुले पनि सर्वसाधारणको पैसा ६ प्रतिशतमा लग्ने तर राष्ट्र बैंकले ३ प्रतिशतमा लग्ने भनेपछि ३ प्रतिशतले ग्याप देखियो’, कटुवालले भने, ‘त्यस कारणले गर्दा पनि राष्ट्र बैंकले बजार मैत्री नीति ल्याउनु पर्छ ।’

अहिले ठूला लगानीकर्ताले राम्रो कम्पनीको शेयर जम्मा गरिरहेको अवस्था रहेको कटुवाल बताउँछन् ।
अहिले लगानीकर्ताले मौद्रिक नीतिको समिक्षा पर्खिरहेको शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलले पनि सहमत छन् । चाडपर्व र मसान्त पनि सकिएकाले गर्दा बजार अब सकारात्मक नै हुने अनुमान गरेको फुलेल बताउँछन् ।

‘मौद्रिक नीतिको समीक्षाले नै सबै कुरा सम्बोधन गर्ने भन्ने त होइन’, फुलेलले भने, ‘तर कर्जा प्रवाह जारी गर्ने खालको नीति राष्ट्रले लिने भएकाले गर्दा त्यसको फाइना शेयर बजारमा पनि हुनेछ ।’

बजार माथि जाने मौद्रिक नीतिको समीक्षा पनि एउटा कारण हुन सक्ने फुलेल बताउँछन् । ‘समीक्षा नराम्रो आउनुपर्ने कारण त्यस्तो केहीपछि छैन’, फुलेलले भने, ‘त्यसकारणले गर्दा आगामी दिनमा शेयर बजार माथि नै जाने अनुमान लगानीकर्ताले गरेका छन् र उत्साहित पनि छन् ।’

कुन दिन कस्तो थियो बजार ?

कार्तिकको अन्तिम साता आइतबार अर्थात् कार्तिक १५ गते नेप्से साढे ६२ अंकले बढेको थियो । सो दिन नेप्से २.३३ प्रतिशतले बढेर २७३८ विन्दुमा पुगेसँगै साताको पहिलो दिनको सुरुवात सुखद भएको थियो ।

आइतबार नेप्पे परिसूचक उच्चतम २७३८ विन्दु र न्यूनतम २६८० विन्दु सम्म पुगेको थियो । सो दिन नेप्सेमा रौनक फर्कीएसँगै कारोबारमा पनि बढोत्तरी भएको थियो ।
आइतबार ९ अर्ब ४२ करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ८० हजार ८३० कित्ता शेयर ९८ हजार ५३१ पटक किनबेच भएको थियो ।

शेयर बजारको बुल यात्रा सोमबार पनि कायम नै रहेको थियो । सोमबार नेप्से २२ अंकले बढेर परिसूचक २७६० विन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से ०.८० प्रतिशतले बढ्दा नेप्से परिसूचक उच्चतम २७८२ विन्दु र न्यूनतम २७३४ विन्दुमा पुगेको थियो ।

सोमबार आइतबारको तुलनामा २ अर्ब बढीको कारोबारमा पनि बढोत्तरी भएको थियो ।

सोमबार ११ अर्ब ६ करोड ६१ लाख ५४ हजार रुपैयाँ बराबरको २ अर्ब १८ लाख ४८ हजार २० कित्ता शेयर १ लाख १२ हजार १५० पटक किनबेच भएको थियो ।
दुई दिन उच्च अंकले बढेको शेयर बजारमा भने मंगलबार भने ब्रेक लाग्यो ।

मंगबार नेप्सेसँगै कारोबारमा पनि घट्यो । मंगलबार नेप्से ११ अंकले घट्दा ४ अर्बले कारोबार घट्यो ।

मंगलबार ७ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बराबरको मात्र कारोबार भयो । उक्त दिन नेप्से ०.४० प्रतिशतले घट्दा परिसूचक उच्चतम २७८८ विन्दु र न्यूनतम २७४१ विन्दुमा पुगेको थियो ।

मंगलबार १ करोड ६३ लाख ३७ हजार ७२७ कित्ता शेयर ८१ हजार ४६६ पटक शेयर किनबेच भएको थियो ।

शेयर बजारको घट्ने क्रम बुधबार पनि कायम नै रर्यो । बुधबार नेप्से १४ अंकले बजार घट्दा कारोबार भने खासै फेरबदल भएन । उक्त दिन नेप्से ०.५१ प्रतिशतले घटेर २७३४ विन्दुमा पुग्दा ७ अर्ब ७३ करोड १२ लाख ९० हजार रुपैयाँ बारबारको कारोबार भयो ।
बुधबार नेप्से परिसूचक उच्चतम २७५७ विन्दु र न्यूनतम २७२८ विन्दुसम्म पुगेको थियो । सो दिन १ करोड ३२ लाख ५१ हजार १५ कित्ता शेयर ७६ हजार ७९५ पटक किनबेच भएको थियो ।

बिहीबार साताको अन्तिम शेयर बजार बढेर बन्द भयो । बिहीबार नेप्से १३.९५ अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से ०.५१ प्रतिशतले बढेर २७४८.७८ विन्दु कायम भएको छ ।

बिहीबार १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँ बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार भयो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : ३७ बजे

कार्यभार सम्हालेपछि राजुनाथले भने- पुरानो कुरा बिर्सिन चाहन्छु

काठमाडौं– काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै

सुर्खेतको कोपिला भ्याली स्कुल कसरी पर्‍यो विश्वकै उत्कृष्ट १० मा ?

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १०