कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गरे। 

‘नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ’, उपप्रधानमन्त्री सिंहले भने । 

उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिँदै उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्रका संस्थाहरूले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए। 

उनले भने, ‘निजी क्षेत्रले उठाएका कुरालाई सरकारले सकारात्मक रूपमा लिएको छ ।’

भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक’ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । 

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, विद्युतीय तथा वैकल्पिक ऊर्जा क्षेत्रका उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिका बारेमा सूचना आदानप्रदान गरिने छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : २९ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित