गढीमाई मेलाको तयारी चुस्त बनाइँदै « Khabarhub

गढीमाई मेलाको तयारी चुस्त बनाइँदै


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बारा – महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला सञ्चालनको तयारी चुस्त बनाइँदै लगिएको जानकारी दिए ।

एक हजार बिघा क्षेत्रमा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजारभन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, दुई हजार सात सय पसल, तीन वटा हेलिकप्टर, १० वटा भेन्टिलेटरसहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिने गरी तयारी भइरहेको अध्यक्ष यादवले बताए । “मेलामा पर्नसक्ने आकश्मिक विपद्का लागि पूरै तयारी गरिएको छ”, उनले भने ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थाई अस्पताल निर्माण कार्य गर्नेभएको छ । शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रुपमा गरिरहेको उनले जानकारी दिए ।

भारतबाट मेलामा आउने भक्तजनका लागि आजैदेखि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधनलाई बिना शुल्क प्रवेश गर्नेगरी सहज तुल्याएको नगरपालिकाका नगरप्रमुखसमेत रहेका मेला समितिका अध्यक्ष यादवले भने । उनका अनुसार ठूला गाडीको हकमा भन्सार गराउने तर साना सवारी साधनलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

भारतको विभिन्न ठाउँबाट आउने भक्तजनको सुविधाका लागि कम्तीमा रेल भडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीसँग कुरा भइरहेको अध्यक्ष यादवले जानकारी दिए । उनका कठमाडौँबाट सिमरासम्म आउने हवाई जहाजलाई बढाउनका लागि छलफल भएको र मङ्सिर १० गते देखि ४० देखि ५० वटा उडान गराउने प्रतिबद्धता आएको बताए ।

पचास लाखभन्दा बढी भक्तजनलाई ‘फ्रि वाइफाइ’ सुविधा मेलाको चार किल्लाभित्रमा मेला अवधिसम्म नेपालमा रहेको विभिन्न नेट कम्पनीबाट उपलब्ध गराउने प्रतिबद्धता आएको बताए । भक्तजनका लागि महागढीमाई नगरपालिका र बारा जिल्ला भरका आमनागरिकले आफ्नो गच्छेअनुसार निःशुल्क रूपमा खाना र बस्न व्यवस्थापन गर्नेछन् ।

फरक प्रसङ्गमा समितिका अध्यक्ष यादवले बली गर्न आफूहरू कसैलाई प्रेरित नगर्ने भएको र स्वतः स्फूर्त रूपमा बली लिएर मातामा चढाउने आउने भक्तजनको बलीको व्यवस्थापन समितिले गर्ने सोच गरेको बताए । केही समूह मेला भाँड्न लागिपरेको बताउँदै उनले माताको महिमाले कुनै हालतमा मेला नभाडिने कुरामा आफू र माताप्रति अस्थावान भक्तजनको बुझाइ स्पष्ट पारे ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ८ : १७ बजे

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी