ट्राफिक प्रहरीको सक्रियता, उपसचिव र मन्त्रीकै गाडीमा ‘ह्वील लक’ « Khabarhub

ट्राफिक प्रहरीको सक्रियता, उपसचिव र मन्त्रीकै गाडीमा ‘ह्वील लक’


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो समय यातायातसम्बन्धी नियम नमान्ने सवारी तथा सवारी चालककको हकमा सक्रियता बढाएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने यात्रुका लागि निकै कडाइ गरेको ट्राफिक प्रहरीले पछिल्लो समय लेन मिच्ने र जथाभावी पार्किङ गर्नेमाथि पनि कारबाही तीब्र बनाएको छ ।

कसैले लेन मिचेमा सीसी क्यामेराको सहायतामा ट्राफिक प्रहरीले सवारी नम्बर पहिचान गरी कारबाही गर्ने गरेको छ ।

यसअघि भीआईपीलाई ट्राफिक प्रहरीले कारबाही नगर्ने गरेकोमा पछिल्ला दिनमा मन्त्री तथा सरकारी कर्मचारीले समेत छुट पाएका छैनन् ।

केही दिन अघि मात्र भौतिक पूर्वाधार तथा यातायातात मन्त्री रघुविर महासेठ चढ्ने बा २ झ ४८६२ नमरुको झन्डावाला गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो । गाडीका चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिवाना गराएर गाडी छाडिएको छ ।

त्यस्तै असार ११ गते अनधिकृत रुपमा पार्किङ गरिएको गृह मन्त्रालयका एक उपसचिवको गाडीमा ट्राफिक प्रहरीले ह्वील लग गरेको थियो । बा २ झ ४३८८ नम्बरको गाडीमा सिंहदरबार नजिकै ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ५० बजे

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ