साइबर अपराधको आरोपमा एक महिला पक्राउ « Khabarhub

साइबर अपराधको आरोपमा एक महिला पक्राउ


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्‍याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनले भने, “निजकुमारी जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँमा ल्याइ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब महानिरीक्षक अर्यालले बताए ।

पक्राउ परेकी निज बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको केन्द्रीय साइबर ब्यूरो काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : ५२ बजे

रविलाई जिम्मा लगाएर हिँडे बालेन, केन्द्रीय सदस्यको निर्वाचनपछि सचिवालय र पदाधिकारीको निर्णय हुने

काठमाडौं- यही आइतबारदेखि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेता चितवनमा

पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका