हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको हिजो (बिहीबार) बिहान ८ बजे बसेको ६६ औँ सञ्चालक समितिको बैंठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैंकको ऋण तिर्न हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव विनय केसीले जानकारी दिए । केसीका अनुसार कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लागेको हो । आगामी साधारणसभाले पास गरेपछि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ४१ लाख १७ हजार रुपैयाँ रहेको छ । जसमा नेपाल स्टक एक्सचेन्जमा उक्त कम्पनीको १ करोड ६ लाख ५४ हजार १७० कित्ता शेयर सूचिकृत रहेको छ । 

जसमा ३० प्रतिशत शेयर सर्वसाधरणको रहेको छ भने ७० प्रतिशत शेयर प्रवद्धको रहेको छ । बिहीबारको हिमालयनको ३८८ रुपैयाँ प्रतिकित्ता अन्तिम कारोबार भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ११ : १४ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको