तीन दिनको बयानपछि रविलाई भैरहवाबाट पोखरा फर्काइयो « Khabarhub

तीन दिनको बयानपछि रविलाई भैरहवाबाट पोखरा फर्काइयो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा फर्काइएको छ ।

रुपन्देहीको भैरहवामा तीन दिन लामो बयानपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई यती एयरलाइन्सको जहाजमार्फत् भैरहवाबाट पोखरा फर्काइएको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख बचत रकम अपचलन प्रकरणमा बयानका लागि उनलाई भैरहवा लगिएको थियो ।

उक्त सहकारीको १ करोड ९६ लाख रुपैयाँ सिधै रविको खातामा आएको भेटिएको थियो । त्यही क्रममा संगठित अपराधअन्तर्गतको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि थालिएको बयान बिहिबार राति सकिएको थियो । उनलाई बिहीबार नै पोखरा फर्काउने भने पनि ढिलोसम्म बयान चलेपछि सम्भव भएको थिएन ।

बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार र बिहीबार गरि तीन दिनमा करिब ७० वटा प्रश्नसहित बयान लिएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम पनि हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेट्वर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्यको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ०० बजे

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार