सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू) « Khabarhub

सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू)


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल र स्थानीयबीच गौशालामा तनाव भएको छ ।

गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सडकमा उत्रिँदा तनाव भएको हो ।

अदालतको आदेशपछि माडवाडी सेवा समितिले सञ्चालन गर्दै आइरहेको गौशाला धर्मशाला खाली गराउन र फुटपाथ मिचिएको संरचना भत्काउन नगर प्रहरी गौशाला पुगेको थियो ।

अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको छ ।

त्यसक्रममा स्थानीयले अदालतको आदेशविपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको आरोपसहित आक्रोश व्यक्त गरे । महानगरले डोजर चलाए त्यहीँ ढुंगामुढा गर्ने धम्की स्थानीयले दिए ।

काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिले चलाउँदै आएको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको जमिनमा मोहियानी हक नलाग्ने फैसला गरिसकेको छ ।

त्यसपछि महानगरको टोली मारवाडी सेवा समितिले ओगेटको त्यो संरचना खाली गराउन पुगेको थियो । स्थानीय र माडवाडी समितिको अवरोधबीच महानगरले डोजर चलाएको छ ।

पशुपति विकास कोषले धर्मशाला सञ्चालन गराउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । त्यसपहिले तत्कालीन संस्कृति मन्त्री सुदन किरातीको पालामा धर्मशाला मारवाडीबाट खोसिएको थियो।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ३० बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,