‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो « Khabarhub

‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार माओत्से गुरुङ अभिनित फिल्म ‘अग्निदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी यस फिल्ममा ‘धामी’को भूमिकामा रहेको ट्रेलरबाट थाहा पाउन सकिन्छ ।

माओत्से सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । यस फिल्ममा पनि उनी सहायक भूमिकामा नै छन् । तर, यसअघि सकारात्मक भूमिकामा देखिने उनी यसपटक भने खलपात्रको भूमिकामा छन् । धामी बनेर ‘बोक्सी’लाई यातना दिइएको ट्रेलरको दृश्यले यो स्पष्ट हुन्छ ।

फिल्ममा नकारात्मक पात्र निर्वाह गरे पनि दर्शकले मन पराउनेमा उनी आशावादी छन् । नकारात्मक पात्र निर्वाह गर्दा आफ्नो वास्तविक चरित्रमा असर पर्दैन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म सकारात्मक र नकारात्मक यस्तै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्म वा नाटकलाई कस्तो प्रभाव पार्छ त्यो हेर्छु ।’

चरित्र निर्माणबारे माओत्सेले केही कुरा सेयर गरेका छन् । बाल्यकालदेखि अहिलेसम्मका धामीहरूबाट प्रभावित यस फिल्मको चरित्र विकास गरेको उनले सुनाए । भन्छन्, ‘म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।’

बुवासमेत सामान्य झारफुक गर्ने भएकाले चरित्र निर्माणमा थप सहयोग पुगेको उनले सुनाए । भने, ‘बुवाले सामान्य झारफुक गर्ने भएकाले चरित्र निर्माणमा सहयोग भयो । यसै पनि देखिरेहेकै पात्र भएकाले चरित्र निर्माणका लागि मैले धेरै अध्ययन र खोज गर्नुपरेन ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ४६ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई