एमाले महासचिव पोखरेलको तर्क- जनताको भरोसा ठूला दलमै छ « Khabarhub

एमाले महासचिव पोखरेलको तर्क- जनताको भरोसा ठूला दलमै छ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको बताएका छन् ।

यही मङ्सिर ७ गते काठमाडौंमा गर्न लागिएको जागरण सभाबारे एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा राखेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् ।

उनले जनतालाई आशावादी बनाउन समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको पनि बताएका छन् ।

जनता असन्तुष्ट छन् भनेर गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उनले जानकारी पनि दिएका छन् ।

‘जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् । उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौँ’, उनले भने ।

पोखरेलले जनताको बिचमा जाने कुरा रक्षात्मक नहुने उनले बताए । राजनीतिक दल सधैँभरि जनताको बीचमै जानु पर्ने उनले बताए । त्यही धारणाअनुसार जनताको बीचमा जाने एउटा माध्यम जागरण सभा भएको पोखरेलले बताएका छन् ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ ।

पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताबीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभा आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ५३ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित