यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार  « Khabarhub

यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारहरू टुंग्याएको छ ।

कांग्रेसले ताप्लेजुङ, झापा, मोरङ, तेह्रथुम, सुनसरी, ओखलढुंगा र उदयपुरका विभिन्न तहमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षका लागि भीमकुमार लक्सम्वा र झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षका लागि रामगोपाल वलीलाई उम्मेदवार छानिएको जानकारी दिए ।

उनका अनुसार बलराम सरदारलाई मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि अघि सारिएको छ ।

यस्तै नगेन्द्र लिम्बूलाई तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । ओखलढुंगामा जिल्ला समन्वय समितिको अध्यक्षका लागि कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ ।

तेतर साहले सुनसरीको गढी गाउँपालिका–६ मा, घनश्याम दाहालले ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा, सञ्जीव काफ्लेले उदयपुरको त्रियुगा नगरपालिका–१२ र नवराज बस्नेतले उदयपुरकै बेलका नगरपालिका– ९मा वडाध्यक्षको टिकट पाएका छन् ।

मुख्य सचिव पौडेलले गण्डकी प्रदेशअन्तर्गत पर्ने गोरखाको गोरखा नगरपालिका वडा नं. ५ को वडा अध्यक्षका लागि भाइकाजी आलेलाई टिकट दिइएको जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ४० बजे

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका