श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दललाई दुईतिहाइ बहुमत « Khabarhub

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दललाई दुईतिहाइ बहुमत


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ वाम दल नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ।

एनपीपीले २२५ सदस्यीय तल्लो सदनमा १५९ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ । यससँगै राष्ट्रपति दिसानायकेले श्रीलंकाको राजनीतिमा एकछत्र पकड बनाएका छन् ।

अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा १५९ सिट जितेको श्रीलंकन मिडिया डेली मिररले उल्लेख गरेको छ।

२२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ । तर राष्ट्रपतिको पार्टीले १५९ सिट जितेको हो।

सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट ल्याएको विज्ञहरूले बताएका छन्।

त्यस्तै, विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ४० सिट जितेको छ ।

यसअघिका राष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल पाँच सिट जितेको छ।

उता लामो समय श्रीलंकाको राजनीतिमा एकछत्र राज गरेका महिन्दा राजापाक्षे र गोतबया राजापाक्षे परिवार यो चुनावमा बढारिएका छन् ।

राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी)ले केवल तीन सिट जितेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ३६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।