न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा | Khabarhub Khabarhub

न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्कले संसद्मा गरेको विरोधको शैलीका कारण विश्वभर चर्चा बटुलेकी छिन् । संसद्भित्रको उनको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

न्युजील्याण्डकी सांसद हाना संसदमा आदिवासी सन्धि विधेयक च्यातेपछि चर्चामा आएकी हुन् ।

बिहीबार न्यूजील्याण्डको संसदमा हानाको क्रोधित रुप देखियो । जसको भिडियो अहिले भाइरल भइरहेको छ । न्यूजील्याण्डको संसद् बैठकको भिडियो हेरेर संसारभरका मानिस चकित परेका छन् ।

संसद्मा आदिवासी सन्धिसम्बन्धी विधेयकमा मतदान गर्न सांसदहरू संसद्‍मा भेला भएका थिए । तर देशकै कान्छी महिला सांसद हानाले बोल्ने मौका पाएपछि उभिइन्, आक्रोश देखाइन् र विधेयकको प्रति च्यातिन् । त्यसपछि उनले हाका र परम्परागत माओरी नृत्य प्रदर्शन गर्न थालेकी थिइन् । हानालाई नाच्दै गर्दा संसदमा रहेका सबै सांसदले हाका नाच्न थाले ।

सभाका अन्य सदस्यहरू र ग्यालरीमा बसेका दर्शकहरू हानासँग हाका नाच्दै गरेपछि सभामुख गेरी ब्राउनलीले केही समयका लागि सदन स्थगित गरे ।

१८४० को वैतांगी सन्धिमा निर्धारित सिद्धान्तहरूअन्तर्गत, जसले सरकार र माओरीबीचको सम्बन्धलाई मार्गदर्शन गर्दछ, जनजातिहरूलाई उनीहरूको भूमि कायम राख्न र ब्रिटिशलाई शासन गर्ने बदलामा उनीहरूको हितको रक्षा गर्ने वाचा गरिएको थियो। उक्त विधेयकले ती अधिकार सबै न्यूजील्याण्डका नागरिकमा दिनुपर्ने उल्लेख गरेको छ ।

को हुन् उनी ?

न्यूजील्याण्डको १७० वर्षको इतिहासमा कान्छी सांसद बनेकी हाना संसदमा माओरी भाषामा गरेको भाषण विश्वभर चर्चाको विषय बनेको छ ।

न्युजील्याण्डको एओटेरोवाबाट निर्वाचित हाना सन् १८५३ पछि पहिलो पटक सबैभन्दा कान्छी सांसद बनेकी छिन् । हाना गत वर्ष अक्टोबरमा न्यूजील्याण्डको संसदमा निर्वाचित भएकी थिइन् ।

उनले ननैया महुतालाई पराजित गर्दै यो निर्वाचन जितेका हुन् । सन् २००८ देखि नै नैयाले यो सिट सम्हाल्दै आएका थिए । यति मात्र होइन, ननैया सन् १९९६ देखि सांसद थिए ।

न्यूजील्याण्ड हेराल्डको रिपोर्ट अनुसार हाना न्यूजिल्याण्डका मूल निवासीहरूको अधिकारको लागि लड्दै छिन्। हानाका बुबा तैतिमु मापी माओरी समुदायका हुन् र एनगा तामाटोआ समूहसँग सम्बन्धित छन्।

हाना न्यूजील्याण्डको अकल्याण्ड र ह्यामिल्टन शहरहरू बीचमा अवस्थित एउटा सानो सहर हन्टलेकी बासिन्दा हुन्। उनी यहाँ माओरी समुदायका बालबालिकाका लागि बगैँचा चलाउँछिन् । उनी आफूलाई राजनीतिज्ञ नभई माओरी भाषाको संरक्षक मान्छिन् ।

हाका नृत्य दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुहरूको परम्परागत नृत्य हो। न्यूजील्याण्डका रग्बी खेलाडीहरूले पनि आफ्नो खेलअघि माओरी नृत्य प्रदर्शन गर्छन्, जुन विश्वभर चर्चामा छ । यो समूहमा आक्रामक मुद्रामा खुट्टा टाँस्दै र चिच्याएर नाचिन्छ ।

यससँगै केही परम्परागत गीतहरू सामूहिक रूपमा गाइन्छ । परम्परागत रूपमा हाका भ्रमण गर्ने जनजातिहरूलाई स्वागत गर्ने परम्परागत तरिका थियो, तर यसले युद्धमा जाने योद्धाहरूलाई उत्तेजित गर्ने काम पनि गर्‍यो । यो शारीरिक शक्तिको प्रदर्शन मात्र थिएन, यो सांस्कृतिक गौरव, शक्ति र एकताको प्रतीक पनि थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ०१ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई