उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

राजविराज– उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरीका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत दीपक दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्‌घाटन गरे। नगरपालिका कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो । सो क्रममा उनले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गरे।

साथै निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पालना सबैले गर्नुपर्ने उनले उल्लेख गरे। 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालालगायतले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गरेका थिए। 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १२ : ४७ बजे

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने