जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग, लगत कट्टा गर्ने बढे « Khabarhub

जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग, लगत कट्टा गर्ने बढे


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गलकोट – जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो ।

बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि विदेश पलायनलगायत कारणले जनशक्ति अभाव भई जिल्लाका उद्योगहरू बन्द हुन थालेका जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकले देखाउँछ । 

गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए। उनका अनुसार गत आवमा सात उत्पादनमूलक, १५ कृषि तथा वनजन्य, छ पर्यटनसम्बन्धी उद्योग, १८ सेवामूलक गरी ४६ वटा उद्योग दर्ता भएका छन् । 

एक वर्षमै ६७ वटा उद्योगहरू भने बन्द भएको जानकारी थापाले दिए। उनका अनुसार उत्पादन मूलक ११, कृषि तथा वन जन्य १८ उद्योग, पर्यटनतर्फ १७ उद्योग, सेवामुलक २१ वटा उद्योगले लगत कट्टा गरेका छन् । 

‘बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुनेक्रम बढेको हो । साथै अनुदान तथा आर्थिक गतिविधि देखाउन दर्ता गर्ने र पछि बन्द गर्नाले पनि उद्योगको सङ्ख्या घटेको हो’, प्रमुख थापाले भने, ‘वाणिज्यतर्फ फर्म दर्ता गर्ने बढी छन् ।’

एक सय चार फर्म दर्ता हुँदा ८८ को लगत कट्टा गरिएको उनले बताए। उनका अनुसार अहिले पर्यटन तथा उद्योग कार्यालयमा तीन सय १८ उद्योग र चार सय ७२ वाणिज्यतर्फका फर्म नवीकरण भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ३८ बजे

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको