पूर्णबहादुरको सारङ्गीपछि ‘डोरी’मा अञ्जना, छायाङ्कन थालिँदै « Khabarhub

पूर्णबहादुरको सारङ्गीपछि ‘डोरी’मा अञ्जना, छायाङ्कन थालिँदै


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो वर्ष लगातार दुई हिट फिल्म ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ दिएकी नायिका हुन् अञ्जना बराइली । उनको पछिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनरत छ ।

फिल्मका निर्माता विनोद पौडेलका अनुुसार उक्त फिल्मले सुरुवाती १५ दिनमा ३० करोडको व्यापार गरेको छ । यही फिल्मकी नायिका अञ्जना भने अर्को फिल्ममा ‘डोरी’मा अनुबन्ध भएकी छन् ।

निर्देशक अरुण लामाका अनुसार फिल्ममा उनको केन्द्रीय भूमिका रहेको छ । उनीसँग कागजी सम्झौता भइसकेको लामाले जानकारी दिए ।

निर्देशक लामाको भनाइअनुसार यो फिल्म पारिवारको आर्थिक बोझ कम गर्न जोखिमपूर्ण निर्णय लिने र दुष्चक्रमा फसेका युवाको कथामा आधारित छ । ती युवाको घटनाक्रमलाई हाँसो, त्रास र रोचक ढंगले पर्दामा प्रस्तुत गर्ने उनको दाबी छ ।

यसअघि नै फिल्ममा नायक प्रवीण खतिवडा, प्रकाश घिमिरे, शिशिर वाङ्देल, कविता आले, राज पौडेललगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।

यस फिल्मको कथा निर्देशक लामा आफैँले लेखेका हुन् । जी सेभेन प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको निर्माता मिस्टर एक्सु र कार्यकारी निर्माता राज थापा हुन् ।

निर्देशक लामाका अनुसार मंसिर दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी छ । फिल्म सन् २०२५ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ३२ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका