नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण « Khabarhub

नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण

चालु आर्थिक वर्षमा ११ अर्ब बढी लगानी प्रतिबद्धता


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा आएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको हो ।

विभागको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये सबैभन्दा धेरै ७२ प्रतिशत लगानी पर्यटन उद्योगको क्षेत्रमा आएको छ ।

त्यस्तै, लगानी प्रतिबद्धताको आधारमा सेवा क्षेत्रमा १३ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशत रहेको देखिन्छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालका विभिन्न १५४ वटा कम्पनीले नेपालमा लगानी प्रतिबद्धता जनाएका छन् । जसमध्ये १५१ वटा कम्पनीले साना उद्योग, १ वटा कम्पनीले मझौला उद्योग र २ वटा कम्पनीको ठूला उद्योगमा लगानी प्रतिबद्धता रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा २५ वटा विभिन्न कम्पनीको १ अर्ब १३ करोड ६१ लाख १५ हजार ८५० रुपैयाँ बराबरको शेयर खरिद सम्झौता भएको छ भने १३ वटा कम्पनीले प्रविधि हस्तान्तरण सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ३६ बजे

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एक शव फेला

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी