एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध « Khabarhub

एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा एमालेको गैरभूगोल युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सुदर्शन शिवाकोटी निर्विरोध चयन भएका छन् ।

यस जिल्ला कमिटीको पाँचौँ अधिवेशनबाट शिवाकोटीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । यो जिल्ला कमिटीको सचिवमा नरेन्द्र न्यौपानेसमेत अध्यक्ष जस्तै निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्ष र उपसचिवमा निर्वाचन गरिएको थियो । निर्वाचनका क्रममा उपाध्यक्ष पदमा श्यामकाजी खत्रीले प्रकाश भुजेललाई हराए । विजयी श्यामकाजीले १७१ मत ल्याए भने पराजित प्रकाश ६३ मतमा समेटिए ।

उता उपसचिव महिला पदमा पनि चुनाव हुँदा बिनिता काफ्लेले १६१ सहित विजयी भइन् । सजिना थापा मगरले ७० मत ल्याइन् ।

यो जिल्ला कमिटीको अधिवेशन २८ कात्तिकमा एमाले महासचिव शंकर पोखरेलले च्यासलमा उद्घाटन गरेका थिए ।

सर्वसम्मत नेतृत्व छान्ने कोसिस भए पनि सहमति नजुट्दा केही पदमा चुनाव गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : २८ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी