कोशी प्रदेशको पुनः नामकरण माग गर्दै विराटनगरमा प्रदर्शन « Khabarhub

कोशी प्रदेशको पुनः नामकरण माग गर्दै विराटनगरमा प्रदर्शन


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिचान पक्षधरहरूले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताए ।

उनले अहिले संविधान संशोधन गर्ने तयारी भइरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गरे ।

निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम परिवर्तन गर्न सकिने भएकाले प्रदेश सभामा दुई तिहाइ मत ल्याएर पहिचान सहितको नाम राख्न सकिने उनको भनाइ छ ।

सो विरोध सभाअघि विराटनगरको बिजुली अफिस देखि महेन्द्र चोकसम्म प्रदर्शन गरिएको थियो । पहिचान पक्षधरहरूले यसअघि गरेको आन्दोलनका क्रममा झडप भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : २० बजे

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको

सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै

कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास