रुसद्वारा युक्रेनको पूर्वाधारमा अहिलेसम्मकै भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण | Khabarhub Khabarhub

रुसद्वारा युक्रेनको पूर्वाधारमा अहिलेसम्मकै भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

किएभ – रुसले आइतबार युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गरेको थियो भने नागरिकहरूको ज्यानसमेत लिएको थियो । आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् ।

जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर ठूलो मात्रामा कूल एक सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको छ ।

उनले विभिन्न प्रकारका ड्रोनहरू प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रहरू समावेश रहेको जानकारी दिए ।

युक्रेनी रक्षाले एक सय ४० वटा हवाई लक्ष्य खसाएको जेलेन्स्कीले टेलिग्राम मेसेजिङ एपमा एक विज्ञप्तिमा बताए। “शत्रुको लक्ष्य युक्रेनभरि हाम्रो ऊर्जा पूर्वाधार थियो । दुर्भाग्यवश, आक्रमण र खसेका भग्नावशेषबाट वस्तुहरूमा क्षति पुगेको छ । माइकोलाइभमा ड्रोन आक्रमणबाट दुई व्यक्तिको मृत्यु भयो र दुई बालबालिकासहित अन्य छ जना घाइते भएका छन्”, उनले भने ।

स्थानीय गभर्नर ओलेह किपरका अनुसार ओडेसा क्षेत्रमा अन्य दुई जनाको मृत्यु भएको छ । त्यहाँ आक्रमणले ऊर्जाको पूर्वाधारमा क्षति पु¥याएको छ र बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख सेरही पोप्कोका अनुसार संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण तीन महिनामा भएको सबैभन्दा शक्तिशाली थियो ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण गरेदेखि रुसी आक्रमणले युक्रेनको विद्युत् पूर्वाधारमा प्रहार गरिरहँदा बारम्बार आपत्कालीन विद्युत् बन्द र देशव्यापी रोलिङ ब्ल्याकआउट निम्त्याएको छ । युक्रेनी अधिकारीहरूले नियमित रूपमा पश्चिमी सहयोगीहरूलाई आक्रमणको सामना गर्न र मर्मतका लागि देशको हवाई सुरक्षा बलियो बनाउन आग्रह गरेका छन् ।

स्थानीय रिपोर्टका अनुसार आइतबार युक्रेनको राजधानी किएभ, ओडिसाको प्रमुख दक्षिणी बन्दरगाहका साथै देशको पश्चिम र मध्य क्षेत्रहरूमा विस्फोटको आवाज सुनिएको थियो ।पोल्यान्डको सशस्त्र बलको परिचालन कमान्डले एक्समा लेखेको छ, “छिमेकी युक्रेनमा ‘विशाल’ रूसी आक्रमणका कारण लडाकू जेटहरूसहित पोल्यान्ड र सम्बद्ध विमानहरू पोल्यान्डको हवाई क्षेत्रमा परिचालन गरिएको छ ।” पोल्यान्डको सीमावर्ती क्षेत्रमा सुरक्षा प्रदान गर्ने उद्देश्यले यी कदमहरू चालिएको कमान्डले बताएको छ ।

पोप्कोका अनुसार किएभको ऐतिहासिक केन्द्रमा एउटा पाँच तले आवासीय भवनको छतमा आगलागी भएपछि एक जना घाइते भएका छन् ।निजी ऊर्जा कम्पनी डिटिइकेद्वाराद्वारा सञ्चालित एक थर्मल पावर प्लान्ट ‘गम्भीर रूपमा क्षतिग्रस्त’ भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ७ : ४६ बजे

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म