एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित « Khabarhub

एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली नेसन्स कप फुटबलको आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। यो जितसँगै फ्रान्स समूहमा पहिलो बनेको छ।

समीकरण अनुसार एक गोलको अन्तरले हारेको भए इटाली पहिलो हुने थियो। दोस्रो मिनेटमा नै मार्सेलीका मिडफिल्डर लुकास डिग्नेको कर्नर क्रस बारमा लागेर फर्केपछि रबटले हेड गर्दै गोल गरेका थिए।

३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। इटालीका आन्द्रो काम्बासियोको गोलले इटालीको आशा फर्किएको थियो। ६५ औँ मिनेटमा डिग्नेकै फ्रिकिकमा रबटले हेड गोल गरेका थिए।

सन् १९८३ मा स्विडेनसँग ३-० ले हारे यता इटालीको यो घरेलु भूमिमा सबै भन्दा खराब हार हो। प्रशिक्षक डिडियर डेसक्याम्पले रियल म्याड्रिडका स्टार केलिएन एम्बाप्पेलाई टोलीमा राखेका थिएनन्। सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० ले हरायो।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३३ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी