पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय « Khabarhub

पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमितिको सोमबार बसेको आकस्मिक बैठकले आज र भोलि (सोमबार र मंगलबार) दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

बैठकले मंगलबार एक दिन केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसले ढंगानाको स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने भएको छ ।

कांग्रेस नेता तथा पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका ढुंगाना ०४८ को आम निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं– २ बाट विजयी भएका थिए । 

ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख थिए । उनले ०५१ मा काठमाडौं–२ र २०७४ मा भक्तपुर–२ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली