बसको ठक्करबाट ढलेकी सम्झना उठ्न खोज्दै थिइन्, ब्याक गरेर किचियो | Khabarhub Khabarhub

बसको ठक्करबाट ढलेकी सम्झना उठ्न खोज्दै थिइन्, ब्याक गरेर किचियो

तनावपछि ३८ राउन्ड हवाई फायर, एसपीसहित २३ प्रहरी घाइते



सुनसरी– स्कुलबाट आइतबार अपरान्ह साढे ४ बजे साइकलमा घर फर्किरहेको अवस्थामा बसले किचेर बालिकाको मृत्यु भएपछि सुनसरीको खनारमा तनाव भएको छ । तनाव बढेपछि अवस्थालाई हिंसात्मक हुन नदिन प्रहरीले आइतबार राति ३८ राउण्ड हवाइ फायर गरेको छ ।

इटहरीबाट विराटनगरतर्फ जादै गरेको प्रदेश नम्बर १–०१–००१ ख ४५७४ नम्बरको यात्रु बसले इटहरी उपमहानगरपालिका–१० डुमरटका बस्ने १४ वर्षीया बालिका सम्झना यादवलाई किचेर मारेको भन्दै स्थानीय आक्रोशित भएका थिए । त्यसक्रममा जम्मा भएको भिडले बसमा आगजनी गरेपछि तनाव बढेको थियो ।

सुनसरी जिल्ला प्रहरी प्रमुख (एसपी) सुमन तिम्सिनाका अनुसार बालिका सम्झना यादवको घटनास्थलमै मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१३ का बसचालक अमित श्रेष्ठ करिब १ किलोमिटर दुरीस्थित खनार चोकसम्म बससहित भागेका थिए । स्थानीयले घेरेर बस तोडफोड र आगजनी गरेपछि आगो नियन्त्रण गर्न पुगेको रामधुनी नगरपालिकाको दमकल पनि तोडफोड गरिएको छ ।

‘बालिकाको मृत्यु हुनु दुःखद हो । दोषीलाई कारबाही गर्न कानुन छ । तर अराजक भिड हिंसात्मक हुन थालेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भयो । भिडबाट आएको ढुङ्गा लागेर २३ जना प्रहरी घाइते भए । तनाव नियन्त्रण गर्न राति १२ बजेसम्म लाग्यो ।’

उनका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न इन्सास राइफलबाट ११ राउण्ड, एसएलआर राइफलबाट २ राउण्ड, थ्रीनटथ्री राइफलबाट २५ राउण्ड हवाई फायर गरिएको छ। ग्यास गनबाट ११ राउण्ड अश्रुग्यास फायर गरेर भिडलाई तितरबितर पारिएको थियो ।

राति नै बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो ।

मध्यराति नै इटहरीका मेयर हेमकर्ण पौडेल, जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरिक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्यलगायतका उपस्थितिमा पीडितपक्षलाई यथाशीघ्र न्याय दिलाउने र दोषीलाई कानुनी कारवाही गर्ने निर्णय भएको थियो ।

प्रहरीले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । घटनाको छानबिनका लागि प्रहरीले पाँच सदस्यीय समिति गठन गरेको एसपी तिम्सिनाले जानकारी दिए ।

किन हिंसात्मक भयो ?

इटहरी–९ स्थित जनता मावि कक्षा ९ अध्ययरत बालिका सम्झना (सजना) यादव विद्यालय छुट्टी भएपछि साइकलमा घर फर्किरहेकी थिइन् । अचानक बसले ठक्कर दिएर लडाएपछि उठ्ने प्रयास गरिन् ।

प्रत्यक्षदर्शीले बसले बालिकालाई ठक्कर दिएर लडाएको देखिरहेका थिए । उनीहरूले बसलाई रोक्ने प्रयास पनि गरे । यसैबेला ब्याक गरिएको बसले बालिकालाई किचेर मारेपछि खनार चोकतिर भागेको थियो । एकजना प्रत्यक्षदर्शीकाअनुसार बसले बालिकालाई ठक्कर दिए पनि शारिरिक रुपमा गम्भीर चोट लागेको थिए । बालिकाले आफूलाई केही नभएको बताइरहेकै बेला बसचालकले ब्याक गरी दोश्रोपटक किचेर मारेका थिए ।

घाइतेमात्रै भएकी बालिकालाई बस व्याक गरेर मारेको देखेपछि स्थानीय आक्रोषित भए । उनीहरूले बसलाई पछ्याउँदै खनार चोकसम्म पुगेर आगजनी गरेका थिए ।
सामान्यतः शारिरिक रुपमा अपाङ्ग र गम्भीर घाइते भएको अवस्थामा बस चालक वा मालिकले लामो समयसम्म भरणपोषण गर्न लाखौं खर्चनुपर्ने बाध्यता हुने हुँदा ब्याक गरेर घाइतेको जीवनै समाप्त पारिदिने गरेका छन् ।

घाइते अवस्थामा जीवन नै समाप्त पारिदिँदा यातायात कम्पनीमा सवारीसाधनको बीमा र उनीहरूकै साझा संस्थाले कानुनअनुसारको क्षतिपूर्ति मात्रै दिए पुग्ने आमधारणाका कारण चालक क्रुर बन्न पुगेको सर्वसाधारणको बुझाई छ ।

यसैबीच सोमबार मध्यान्हदेखि विद्यार्थीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरूले ‘विद्यार्थी मार्न पाइँदैन, हाम्रो माग पूरा गर, ट्राफिक नियम पालना गर’ भन्दै प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : १३ बजे

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित

बेइजिङ- चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने

यही निर्वाचन प्रणालीबाट रास्वापाले बहुमत ल्याउँछ : डीपी अर्याल (अन्तर्वार्ता)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको सौराहमा शुक्रबार र शनिबार विस्तारित

दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन

सेवाको ज्ञान, सिप र अनुभव निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित 

काठमाडौं– काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवा निवृत्त जीवनमा

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको