प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै « Khabarhub

प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको काम कम्पनीले अगाडि बढाएको छ । 

उक्त केबलकारमा प्रभु ग्रुप्स एण्ड कम्पनिज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानी रहेको छ । 

प्रभु केबलकारको लगानीमा तीनवटा केबलकार परियोजनाहरू अगाडि बढेका छन् । जसमध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

उक्त केबलकारमा ७५ भन्दा बढी व्यक्तिले यात्रा गरिसकेको कम्पनीले जनाएको छ । यो केबलकार बुटवलस्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । 

यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा ५ करोड रुपैयाँभन्दा बढि मुनाफा आर्जन गरेको कम्पनीले जानकारी दिएको छ । प्रभु केबलकारको आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ३१ बजे

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली