प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी « Khabarhub

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ६ बजेपछि भेटवार्ता हुने भएको हो ।

सत्तारुढ दुई दलका शीर्ष नेताबीचको भेटमा मन्त्रिपरिषद्का सदस्य हेरफेरबारे छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि मन्त्री हेरफेरबारे छलफल हुने खबरहबलाई बताएको छ ।

पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेकोछ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

एमाले अध्यक्ष ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार १७ गते राति बूढानीलकण्ठस्थित एक घरमा कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् ।

सय दिनको प्रगति सार्वजनिक गर्दा पनि ओलीले सुरुवाती अवस्थामा सरकारले गति लिन नसकेको स्वीकारेका थिए । आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि ओली असन्तुष्ट छन् ।

सरकारको कामको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा ३/३ जना मन्त्री फेर्ने गरि तयारी थालेको स्रोतले बताएको छ । तर फेरिने मन्त्रीबारे दुवै पक्षका शीर्ष नेताले अहिलेसम्म केही बोलेका छैनन् ।

दुईतिहाइ बहुमतनजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ । शक्तिशाली भएर पनि सरकारले‍ गति लिन नसकेको आलोचनाबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका दुई नेता संवादमा जुट्दैछन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ४१ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि