कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड « Khabarhub

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए । 

उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ ।’

मुलुकमा पुँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादनवृद्धि हुनेगरि सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजश्व संकलनको लक्ष्य पुरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई छ । 

अध्यक्ष अग्रवालले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्यलाई खारेज गर्नुपर्नेमा जोड दिए । नक्कली भ्याट बिलमा संलग्नलाई कारवाही गर्नुपर्ने तर छानविनका नाममा  असल व्यापारीलाई दुःख दिन नमिल्ने अध्यक्ष अग्रवालले बताए । २०५८ सालमा आएको आयकर ऐनलाई संशोधन गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

सो कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले पनि काम गरिरहेको बताए । मुलुकका लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाई छ । 

सरकार र निजी क्षेत्रको सहकार्य मार्फत आर्थिक उपलब्धि हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड दिए । नक्कली भ्याट बिल बिजकको समस्या समाधान गर्नेगरी प्रयास भइरहेको उनको भनाई छ । 

कार्यक्रममा सहभागीहरूले वर्तमान कर प्रणालीबाट साना व्यापारीहरू सबैभन्दा बढी मर्कामा परेको गुनासो गरेका थिए । 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ०९ बजे

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका