१७ क्विन्टल गाँजासहित एकजना पक्राउ « Khabarhub

१७ क्विन्टल गाँजासहित एकजना पक्राउ


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजगढ गाउँपालिका– ४ बाट १७ क्विन्टल ३६ केजी गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका– ४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो ।

ट्रिपर चालक धनकुटाको शहीदभूमि गाउँपालिका– ३ का ३३ वर्षीय यमजित राई पक्राउ परेका छन् ।

निजलाई आज अदालतमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ०३ बजे

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका

सकियो जीवित भेटिने आश, कुशको शव बनाएर धमाधम अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको परिवारले पशुपति आर्यघाटमा कुशको

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

काठमाडौं– ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा