३ महिनामा ५ अर्ब १५ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत « Khabarhub

३ महिनामा ५ अर्ब १५ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको ३ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको बोनस शेयर, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असोज मसान्तमा १८६४.६२ रहेको नेप्से सूचकाङ्क २०८१ असोज मसान्तमा २७४२.८९ कायम भएको बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

२०८१ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३६१ अर्ब ४५ करोड रुपैयाँ रहँदा २०८० असोज मसान्तमा बजार पुँजीकरण २८६१ अर्ब ५२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असोज मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६३ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५९.२ प्रतिशत,  जलविद्युत् कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.३ प्रतिशत रहेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेप्सेमा २०८१ असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८३२ अर्ब ९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : ०२ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी